Logo

शंखबाट लाभै लाभ



धार्मिक कार्यमा शंखको उपयोग गरिन्छ । पुजा–आराधना, अनुष्ठान–साधना, आरती महायज्ञ एवं तान्त्रिक क्रियामा शंखको वैज्ञानिक एवं आयुर्वेदिक महत्व पनि छ । हिन्दु मान्यताको अनुसार काुनै पनि पुजा, हवन, यज्ञ आदि शंखको प्रयोग बिना पुर्ण हुन सक्दैन् ।

सनातन धर्मको केही यस्ता कुरा छन्, जुन केवल आध्यात्मिक रुपबाट र अन्य पक्षलाई पनि फाइदा हुन्छ । शंख राख्ने, बजाउने र यसको जल उचित तरीकाले प्रयोग गर्दा लाभ मिल्छ । यसकारण पनि धार्मिक आयोजन, कथा, पुजा–पाठ, भजन–किर्तन आदिको समयमा शंख बजाउनुलाई अत्यन्तै शुभ मानिन्छ । शंखबाट निक्लेको ध्वनिले वातावरणमा भएका नकरात्मक ऊर्जा र हानिकारक जीवाणू एवं विषाणुलाई नाश गर्छ । जसबाट स्वास्थ्यमा लाभ मिल्छ ।

वैदिक सस्कृतिमा शंखको महत्वपुर्ण स्थान रहेको छ । ब्रह्मपुराण अनुसार शंख चन्दमा र सुर्य समान देवस्वरुप हुन् । यसको मध्यमा वरुण, पृष्ठमा ब्रह्मा र अगाडीको भागमा गंगा र सरस्वतीको निवास हुन्छ ।

शंखबाट शिवलिंग, कृष्ण वा लक्ष्मी विग्रहमा जल वा पंचामृत अभिषेक गरेमा देवता प्रसन्न हुन्छन् । कल्याणकारी शंखले दैनिक जीवनका दिनचर्या केही समय विश्राम लिएर मौन रुपमा देव अर्चनाको लागि प्रेरित गर्छन् ।

प्रभावशाली रत्न हो शंखः समुन्द्र मन्थनको समय निक्लेको चौदह रत्नमा एक रत्न शंख पनि थियो । धार्मिक तथा स्वास्थ्यको दृष्टिले शंख बहु उपयोगी हो । शंख बजाउनाले कुम्भक, रेचक तथा प्राणायाम क्रिया एक साथ हुन्छन् । यसले स्वास्थ्य पनि सशि बनाउछ । क्याल्सियम कार्बोनेटबाट बनेको कारण यदि शंखमा रातभर गंगा जल भरेर सेवन गर्दा शरीरमा क्लाल्सियम तत्वको कमी हुँदैन र सानो ठुला रोगबाट पनि बचाउछ ।

हिन्दु धर्ममा पुजा स्थलमा शंख राख्ने परम्परा रहेको छ । शंखलाई सनातन धर्मको प्रतीक मानिएको छ । शंख निधिको प्रतीक हो । यसलाई पुजा स्थलमा राख्नाले अनिष्टको नाह हुनेछ र सौभाग्यको बृद्धि हुनेछ । स्वर्गलोकमा अष्टसिद्धिया एवं नवनिधियामा शंखको महत्वपुर्ण स्थान रहेको छ ।

सुख–समृद्धिको लागि शंखः शंखलाई देवी महालक्ष्मीको स्वरुप मानिन्छ । यसैकारण धन लाभ र सुख–समृद्धिको लागि घरमा उत्तर–पुर्व दिशामा अर्थात पुजा कोठामा राखेर दिन दिनै शंखलाई धुप बालेर पुजा गर्नुपर्छ । त्यस्तै पितृ दोषको असर कम गर्न, इच्छित मनोकामना पुरा गर्न, गृह कलह शान्त गर्न पनि शंखलाई पुजा गर्नुपर्छ ।

ग्रहदोष शान्तीः नवग्रह शान्ति एवं प्रसन्नताको लागि पनि शंख उपयोगी रत्न मानिएको छ । सुर्य ग्रहको प्रसन्नताको लागि सुर्योदयको समय शंखबाट सुर्यदेवमा जल अर्पित गर्नु पर्छ । मंगल ग्रहको लागि मंगलबारको दिन सुन्दरकान्डको पाठ गर्दै शंख बजाउनु पर्छ । शुक्र ग्रहको लागि शंखलाई सेतो कपडामा बेरेर पुजा कोठामा राख्नु पर्छ । यसरी राख्दा धन–धान्य एवं आर्थिक समृद्धि बढ्छ । धार्मिक ग्रन्थअनुसार



प्रतिक्रिया दिनुहोस्

Screenshot