Logo

भारतले स्वीकृत गरेको कोभिसिल्ड र कोभ्याक्सिनको बारेमा जान्नु पर्ने कुरा



एजेन्सी, २० पुस । कोरोना भाइरसविरुद्वको खोपलाई भारतले आइतबार स्वीकृती दिएको थियो । भारतको भारत बायोटेक र सेरेम कम्पनीद्वारा निर्मित घरेलु उत्पादनले लामो समय पछि स्वीकृती पाएको हो ।

कोभिसिल्ड र कोभ्याक्सिनको तुलना गर्दा : लामो समयपछि भारतले आफ्नो घरेलु उत्पादनको खोपलाई स्वीकृती दिएको छ । स्वीकृती दिएको खोपको अभियान अगामी साता देखि सुरु हुने छ । उत्पादन गर्ने कम्पनीले भारतको प्रत्येक राज्यमा डोज पुर्याउने प्रतिबद्वता व्यक्त गरेको छ ।

के भारतले खोप अभियानलाई तुरुन्तै सुचारु गर्नेछ ?

ठूलो जनसंख्या भएको देशमा दूई घरेलु उत्पादन खोपले केही हदसम्म खोप अभियानको पहिलो चरणलाई सहज बनाउने छ । खोप अभियानको पहिलो चरणमा स्वास्थ्यकर्मी, कोरोनाविरुद्व खटिएका कर्मचारी र उच्च जोखिममा रहेका मानिसहरुमा प्रयोग हुनेछ । भारतीय उत्पादीत खोपले फाइजर, मार्डना र स्पुतनीक भीको तुलनामा आफ्नो प्रभावकारीता देखाउने जनाइएकोछ । २०२१ मा सम्पूर्ण भारतीयलाई घरेलु उत्पादन खोपले सहज बनाउने भएको छ ।

दूवै खोपले कसरी मान्यता पायो?

कोभिसिल्ड र कोभ्याक्सिनलाई भारतीय सरकारले आपत्तकालिन प्रयोगको लागि स्वीकृती दिएको हो । अन्य देशहरुले आफ्नो उत्पादनलाई समेत मान्यता दिएको कारण भारतले पनि आफ्नो खोपलाई आपत्तकालिन प्रयोग गर्न अनुमति दिएको जनाइएको छ । खोप सुरक्षीत र प्रभावकारी भएको कारण मान्यता पाएको र सम्पूर्ण भारतीयको हितमा रही उक्त खोपहरुले अुनमति पाएको चिकित्सकको भनाइ रहेको छ । विज्ञहरु टोलीले लामो अध्ययन र परिक्षण पछि उक्त खोपहरुलाई भारतीय ड्रग रेगुलेटरले स्वीकृती दिएको छ । भारतलाई कोरोना मुक्त बनाउन यो ठूलो कदम रहेको छ ।

यो खोप कसले उत्पादन गर्नेछ ?

कोभिसिल्डको आधिकारिक मान्यता अक्सफर्ड विश्वविद्यालय र एस्ट्रजेनेकाको रहेको छ भने यसलाई भारतको सेरम इन्सटिच्युटले उत्पादन गर्ने छ कोभिसिल्डको पहिलो र दोस्रो परिक्षण भारतको करिब १७ केन्द्रहरुमा गरिएको थियो । त्यसैगरी कोभ्याक्सिन भारत कै घरेलु कम्पनी भारत बायोटेकले उत्पादन गरेको छ । यो खोप विश्व कै छिटो मान्यता पाउने खोप रहेको छ । यसले फाइजर भन्दा पनि पहिले मान्यता पाएको हो । दास्रो परिक्षण पह्चात कै कोभ्याक्सिनले जूलाई मै आपत्तकालिन प्रयोग गर्ने अनुमति पाएको थियो । परिक्षणमा भारी मात्रामा मानिसहरु सहभागी भएका थिए ।

खोपको विकास?

कोरोना विरुद्वको फाइजर र मार्डना खोप एमआरएनए प्रविधिबाट निर्माण गरिए जस्तै भारतीय खोप पौराणीक प्रविधिले निर्माण र विकास गरिएको हो । कोभिसिल्ड एडिनोभाइसबाट विकास भएको छ । यो सार्स २ मा प्रयोग जनाइएको छ । शरीरले स्पाइक प्रोटिनलाई पत्ता लगाइ शरीरमा एन्टीबडकिो विकास गर्ने गर्छ । तयसैगरी कोभ्याक्सिनले भाइरसको निश्क्रिय संस्करणबाट विकास भएको छ । यसले सक्रिय भाइरसलाई शरीरबाट हटाउन मद्दत गर्दछ । यसले शरीरमा प्रतिरक्षा प्रणालीको विकास गर्ने गर्छ । यो संस्करण प्रयाः खोप निर्माता कम्पनीले प्रयोग गरेको छ । निश्क्रिय भाइरस सुरक्षीत र भरपर्दो हुने गर्छ ।

खोपको प्रभावकारिता?

लामो अध्ययन पश्चात कोभ्याक्सिन र कोभिसिल्डले भाइरस पत्ता लगाई निश्क्रिय गर्न निकै प्रभावकारी देखिएको छ । दूवै खोपले परिक्षणमा राम्रो प्रभाव र सकारात्मक नतिजा समेत देखाएको थियो । कोभिसिल्ड खोपको दूई डोजले ७०.४२ प्रतिशत प्रभावकारी रहेको छ भने केही मात्रामा यसको डाटाहरु सार्वजनिक भइसकेको छैन् । कोभिसिल्डको तेस्रो परिक्षण् ा भने जारी रहेको छ । परिक्षणमा २ लाख २० हजार भन्दा बढी मानिसहरु सहभागी भएका छन् । यसको डाटा अगामी साता सम्म सार्वजनिक हुने छ । दूवै खोपले कोरोना विरुद्व लड्ने सक्ने क्षमता देखाएको छ । र, यो सम्पूर्ण उमेरका मानिसमा समेत प्रयोग हुन सक्ने छ ।

खोपमा केही साइड इफेक्ट छ ?

अन्तराष्ट्रिय बजार उपलब्ध खोपमा केही नाकारात्मक असर देखिएको छ । प्राय खोपले एलेर्जिक रिएक्शन देखाएको छ । तर, भारतीय खोप फाइजर र मार्डना जस्तो नकारात्मक असर देखाएको छैन् । उक्त खोपहरु सुरक्षीत र भरपर्दो देखिएको हो । भारतीय चिकित्सकका अनुसार भारतमा निर्माण भएको खोप १०० प्रतिशत सुरक्षीत रहेका मान्यता पाइसकेको छ । कुनै पनि भ्याक्सिन लगाए पश्चात केही सामान्य ज्वोरो, दूखाई हुने गर्दछ । यो सामान्य कुरा हो ।

खोपको मूल्य कति?

भारतमा भर्खर विकास भएको खोपले भारतमा नयाँ आशा पलाएको छ । खोप निर्माण भएपनि यसलाई सबैले प्रयोग गर्न सक्ने गरी बजारमा ल्याउन आवश्यक हुन्छ । पहिलो चरण्मा अत्यावश्यक मानिसहरुमा भारत सरकारले कोरोनाविरुद्वको भ्याक्सिन निशुल्क उपलब्ध गराउने भनेको छ । भारतमा निर्माण भएको भ्याक्सिन अन्य भ्याक्सिनको तुलनामा सस्तो रहेको छ । काचिसिल्डको मूल्य भारतमा प्रति डोज २५० देखि ४०० भारतीय रुपैँयामा उपलब्ध हुने छ भने भारत बायोटेकद्वारा उत्पादीत खोपको मूल्य प्रति डोज २०० स्पौया हुने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot