Logo

मनिषा कोइराला राजनीतिमा सक्रिय हुँदै



काठमाडौं, २० पौष । बलिउड नायिका मनिषा कोइराला राजनीतिमा सक्रिय हुनथालेकी छिन् । उनले राष्ट्रवादको एजेन्डालाई केन्द्रमा राखेर राजनीतिक सक्रियता बढाएकी हुन् ।

यसपटक मनिषा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिमा छिन् । उक्त समितिमा पूर्व डिआइजी रमेश खरेल पनि छन् ।

मनिषा भोलि प्रेस भेटघाटमा हेल्लो पेगोडामा उपस्थित हुने जनाएकी छिन् । उनले पृथ्वी जयन्ती मनाउने समितिमा रहेर सक्रियता देखाउनुलाई अर्थपूर्ण मानिएको छ ।
मनिषा राजसंस्थाको पक्षधर मानिन्छिन् । उनले गणतन्त्रको विरोध गरेकी थिइन् । वीपी कोइरालाका जेठा छोरा प्रकाश कोइरालाकी छोरी मनिषा राष्ट्रवादको विषयमा पनि अडान लिएर चर्चामा आएकी थिइन् ।

भारतले लिम्पियाधुरा हुँदै चीनतर्फ जोडिने सडकमार्ग खोल्दा मनिषाले आपत्ती जनाएकी थिइन् । त्यसपछि भारतको उनको आलोचना भएपछि कोरोना भाइरसको संक्रमणको बखत सडकमार्ग हुँदै मुम्बईबाट काठमाडौं आएकी थिइन् ।

मनिषाले पछिल्लो सक्रियता बढाएसँगै राजनीतिमा आउनसक्ने संकेत समेत गरेकी छिन् । भारतमा कतिपय बलिउड नायक नायिकाहरु राजनीतिमा सक्रिय भएका उदाहरणहरु छन् । कतिपय नायक नायिकाहरु राजनीतिमा सक्रिय भएर मुख्यमन्त्री र केन्द्र सरकारको मन्त्री तथा लोकसभा सांसद समेत भएका छन् ।

मनिषा लामो समय क्यान्सरसँग जुधिन् । क्यान्सरलाई जितेपछि बलिउडमा फर्किइन् । तर, उनी खासै जम्न सकिनन् । यसअघि सम्राट उपाध्यायसँग गरेको विवाह पनि सफल भएन । –फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्