Logo

राजस्वको लक्ष्य भेट्न कठिन



काठमाडौं, पुस २१ । चालू आर्थिक वर्ष २०७७र७८ मा लिएको राजस्व संकलनको लक्ष्य भेट्न कठिन हुने देखिएको छ । उत्तरी नाकामा निरन्तरको अवरोध र कोभिड–१९ का कारण आर्थिक गतिविधिमा संकुचन आउँदा सरकारले चालू वर्षमा लिएको लक्ष्य भेट्न नसक्ने अवस्था आएको छ ।

अर्थ मन्त्रालयका अनुसार मङ्सिरसम्ममा भन्सार महसुलमा लक्ष्यको २ अर्ब कम राजस्व संकलन भएको छ भने कर राजस्वतर्फ लक्ष्यको २५ अर्ब कम संकलन भएको छ । त्यस्तै, गैरकरतर्फ १२ अर्ब ९८ करोड राजस्व कम संकलन भएको छ । मङ्सिरसम्ममा कुल राजस्व लक्ष्यभन्दा करीब ३९ अर्ब कम संकलन भएको देखिएको अर्थका अधिकारीहरू बताउँछन् ।

संकटका बेला आयात बढ्ने अनुमान अर्थका अधिकारीहरूले गरे पनि पछिल्लो समय कतिपय वस्तुको आयात घटेको उनीहरू बताउँछन् । त्यसले पनि राजस्वको लक्ष्य भेट्न चुनौती थपिदिएको अधिकारीहरूको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्