Logo

एनसीसी र गुहेश्वरी मर्चेन्ट बैंकको शेयरमुल्य समायोजन



काठमाडौं, २१ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंक र गुहेश्वरी मर्चेन्ट बैंकको शेयर मुल्य समायोजन गरेको छ । साधारण सभा र लाभांश वितरणको लागि यी कम्पनीहरुले बुक क्लोज गरेसँगै नेप्सेले आज शेयरमुल्य समायोजन गरी नयाँ मुल्य तोकेको हो ।

नेप्सेले पुस २० गतेको अन्तिम कारोबारको आधारमा नेपाल क्रेडिट एण्ड कमर्शको १०.२७ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयर मुल्य ३२४ रुपैयाँ निर्धारण गरेको छ । कमर्शले माघ ९ गते केन्द्रिय कार्यालय बागबजारमा बिहान १० बजे २३ औं साधारण सभा बोलाएको छ ।

त्यस्तै, गुहेश्वरी फाइनान्सको अन्तिम कारोबार भएको २०८ रुपैयाँको आधारमा ८ प्रतिशत बोनस शेयर समायोजन पछि फाइनान्सको शेयर मुल्य प्रतिकित्ता १९३ रुपैयाँ नेप्सेले तोकेको छ । फाइनान्सले पुस २८ गते मंगलबार बिहान ११ बजे गुहेश्वरीको भवन हरिहर भवन ललितपुरमा सभा बोलाएको छ । उक्त सभाले २ करोड ७२ लाख रुपैयाँ नगद लाभांश र ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस शेयर पारित गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्