Logo

साना तथा मझौला उद्योगलाई सहुलियत कर्जा दिने



काठमाडौं, २१ पुस । साना तथा मझौला उद्योगहरुलाई सहुलियतपुर्ण कर्जा र आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा सोमबार धादिङ्गमा चौपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतामा मेगा बैंक नेपाल लिमिटेड, मेगा क्यापिटल मार्केट्स लिमिटेड, ज्वालामुखी गाँउपालिका र धादिङ्ग उद्योग वाणिज्य संघले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार मेगा क्यापिटल मार्केट्स लिमिटेडले धादिङ्ग उद्योग वाणिज्य संघसँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुलाई व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरी आवश्यकता अनुसार सम्पुर्ण काम गरेर उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ ।

यसले स्थानिय स्तरका साना तथा मझौला उद्यमीहरुलाई बित्तिय पहुँच बढाई व्यवसाय बृद्धि तथा बिस्तारमा सहयोग पुग्ने र उद्यमीहरुको जीवनस्तरमा आर्थिक सुधार ल्याउने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्