Logo

कोरोनाबाट थप ८ जनाको मृत्यु



काठमाडौं, २१ पुस । कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ५ सय २२ थपिएका छन् । आज ५ सय ७८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६२ हजार ८ सय ८४ संक्रमित भएपनि २ लाख ५५ हजार ६ सय ६६ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ५ हजार २ सय २५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ५७ हजार ४ सय ५४ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३ सय ४२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्