Logo

नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं, २१ पुस । आज नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारणसभाको लागि पुस २१ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको बैंकले जनाएको छ ।

बैंकले माघ ८ गते सभा हुने भएकोले पुस २२ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ ।



प्रतिक्रिया दिनुहोस्