Logo

रुक्मणी अष्टमी व्रत आज (पुस कृष्ण अष्टमी)



आज अर्थात पौष २२ गते रुक्मणी अष्टमी पर्व मनाइन्छ । यो पर्व पौष महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा मनाइन्छ । मान्यता अनुसार यस दिन द्वापर युगमा देवी रुक्मणीको जन्म भएको थियो ।

पौराणिक शास्त्रअनुसार रुक्मणीलाई देवी लक्ष्मीको अवतार मानिन्छ । यस कथाअनुसार देवी रुक्मणी भगवान श्रीकृष्णको आठ पटरानी मध्ये एक थिइन् । उनी विदर्भ नरेश भीष्मकको पुत्री थिइन् । उनलाई साक्षात लक्ष्मीको अवतार मानिन्थ्यो । रुक्मणीको दाजुले उनको विवाह शिशुपालसँग गराउन चाहान्थे । तर उनी कृष्ण भक्त थिइन् । रुक्मणीले कृष्णलाई नै आफ्नो पति मानेकी थिइन् । शिशुपालसँग विवाह गराइदिने लागेपछि रुक्मणी कृष्णसँग रथमा बसेर द्धारिकातीर प्रस्थान गरेकी थिइन् ।

शास्त्र अनुसार श्रीकृष्णको जन्म पनि अष्टमी तिथिमा भएको थियो । राधा र रुक्मणी अष्टमी तिथिमा उत्पन्न भएका थिए । यसकारण हिन्दु धर्ममा अष्टमी तिथिलाई शुभ मानिन्छ । यस दिनमा लक्ष्मीको पुजाको विशेष महत्व हुन्छ । यस दिनमा व्रत बस्दा घरमा धन–धान्यको बृद्धि हुने र सम्बन्धमा प्रगाढता ल्यायी सन्तान सुख पनि प्राप्त हुन्छ ।

प्रद्युम्न कामदेवको अवतारमा थिए, उनी श्रीकृष्ण र रुक्मणीका छोरा थिए । यस दिनमा उनीहरुको पुजा गर्नु अति शुभ मानिन्छ ।  अष्टमी तिथिमा बिहान सबेरै उठेर सफा पानीले नुहाएर श्रीकृष्ण र रुक्मणीको प्रतिमा स्थापना गरेर पुजा गर्नुपर्छ । आज रुक्मणी अष्टमीको दिन भगवान श्रीकृष्णसँगै देवी रुक्मणीको पुजा गर्दा जीवन मंगलमय हुन्छ र जीवनमा सबै सुख प्राप्ती हुन्छ । धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्

Screenshot