Logo

ओलीको कदमविरुद्धको जसपाको अन्तक्रिया (फोटोफिचर)



काठमाडौं, २१ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गराउने कदमविरुद्ध प्रमुख राजनीतिक दलहरु विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरुले ओलीविरुद्ध जनमत बढाउन अभियान चलाइरहेका छन् ।

मङ्गलबार जनता समाजवादी पार्टीले नेकपाको प्रचण्ड माधव नेपाल समूह, नेपाली काँग्रेस र नागरिक समाजलाई बोलाएर अन्र्तक्रिया गरेको छ । अन्र्तक्रियामा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा नेता वर्षमान पुन, जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताका अलावा नागरिक समाजका कृष्ण खनाल, मोहना अन्सारीलगायत सहभागी थिए ।

   तस्बिरहरुः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot