Logo

सुनको मुल्य आज कतिले बढ्यो



काठमाडौं, २२ पुस । नेपाली बजारमा सुनचाँदीको मुल्य आज बढेको छ । बुधबार सुनको मुल्य ३ सय रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाला सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मुल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेर आज १ हजार ३४० रुपैयाँमा खरिद बिक्रि भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्