Logo

भियतनामले पहिलोपटक भारतसंग चामल खरिद गर्दै



एजेन्सी, २२ पुस । भिएतनाम विश्व कै तेस्रो चामल निर्यातकर्ता देश हो । तर, उसले पहिलो पटक भारतसंग चामल खरिद गरेको छ ।

विश्वमा सबैभन्दा बढी चामल उत्पादन गर्ने देश भारत हो । महामारीको बीच नौ वर्ष पछि भिएतनामको घरेलु उत्पादनमा कमि आएको कारण उसले भारतसंग चामल खरिद गरेको हो ।

एसियामा महामारीको कारण चामल उत्पादनमा कमि आएको कारण मूल्यमा समेत बृद्वी भएको छ । तर, भारतमा चामल अत्याधिक उत्पादन हुने कारण अन्य देशको तुलनामा मुल्यमा भारी अन्तर देखिने गर्दछ । भारतले पहिलो पटक भिएतनामलाई ७० हजार टन जनवरी देखि फेब्रुअरीसम्ममा दिनेछ । भारतले दिने चामलको मुल्य ३५० डलर प्रति टन राखिएको छ । यसले भिइतनामलाई सहज भएको भारतीय ट्रेडरहरुले जनाएको छ ।

त्यसैगरी, भिएतनामले फिलीपिन्सलाई प्रदान गर्ने चामलको मूल्य प्रति टन ५०० डलर हुने गर्छ । भिइनामले जम्मा गरेर राखेको चामल कुहिएको र त्यसलाई जनावर र वियरको लागि मात्र प्रयोग गर्न सकिने कारण भारतसंग खरिद गरिरहेको जनाइएको छ ।

महामारीको वर्षमा भिएतनामको चामल उत्पादनमा ३.५ प्रतिशतले गिरावट आएको थियो । उत्पादनमा कुनै कमि नआएको कारण भारतसंग चामल खरिद गर्न एसिया, अफ्रिकाका देशहरु इच्छुक रहेको जनाइएको छ । भारतले सम्पूर्ण देशहरुलाई चामल दिने भइपछि भारतमा पनि चामलको मूल्यमा बृद्वी हुने आँकलन विज्ञहरुले लगाएका छन् । अहिले भिएतनामलाई चामल सस्तो मूल्यमा भेटेपछि उसले पुनः चामल खरिद गर्न सक्ने बुझिएको छ । महामारीको वर्षमा भारतले १ करोड चालिस लाख टन चामल अन्य मुलुकलाई दिएको भारतीय व्यापार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्