काठमाडौं, २२ पौष । प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमा गठन भएको संवैधानिक इजलासमा एकजना न्यायाधीशमा नबस्ने भएका छन् । न्यायाधीश हरिकृष्ण कार्कीले इजसालमा नबस्ने घोषणा गरेका हुन् ।
कार्कीलाई इजलासमा राखिएपछि कानुन व्यवसायीहरुले प्रश्न गर्दै आएका थिए । उनी विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरिसकेका हुन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीश कार्कीलाई इजलासमा राखिएकोमा प्रश्न उठाउँदै आएका थिए । आज पनि उनले यसबारे प्रश्न उठाएका थिए । वरिष्ठ अधिवक्ता शम्भु थापा र मुक्ति प्रधानले पनि आज केप ीओलीले विगतमा महान्यायाधिवक्तामा नियुक्र गरेको भन्दै मुद्दा हेर्न नमिल्ने जिकिर गरेका थिए ।
वरिष्ठ अधिवक्ताहरुले कार्कीमाथि प्रश्न उठाउँदा प्रधानन्याायधीश चोलेन्द्र शमशेर जबराले आफूलाई पनि ओलीले नियुक्त गरेको भन्छन् भनी प्रतिप्रश्न गरेका थिए । केपी ओलीले नियुक्त गरेको चोलेन्द्रले के मुद्दा हेर्ने भन्लान् । त्यसरी कहाँ हुन्छ ?’ जबराले भने ।
तर, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश प्रधानमन्त्रीले नियुक्त नगर्ने स्पष्ट पारे । कार्की इजलासमा बस्दा स्वार्थ बाझिने जिकिर गरेका थिए । उनले कार्की ओलीले नियुक्त गरेको विषय समेत उठाए ।
बारम्बार कार्कीबारे प्रश्न उठेपछि प्रधानन्यायधीशसहित पाँचजना न्यायाधीश बहस रोकेर छुट्टै छलफलमा बसेका थिए । त्यसपछि कार्कीले मुद्दा नहेर्ने घोषणा गरे । उनी इजलासबाट हटे ।
यसअघि प्रतिनिधिसभा बिघटनमाथि परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूसहित संवैधानिक इजलाशमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई राखेका थिए ।