Logo

पिबिएस आइटी करियर कन्क्लेभ पुस २५ र २६ गते हुने



काठमाडौं, २२ पुस । काठमाडौंमा आगामी शनिबार र आइतबार पिबिएस आइटी करियर कन्क्लेभ सम्पन्न हुने भएको छ । प्रेसिडेन्सीयल बिजनेस स्कुल र लिभिङ विथ आइसिटीको संयुक्त आयोजनामा दुई दिन हुने कन्क्लेभमा २० जना भन्दा बढी विज्ञहरुले विविध विषयमा आफ्नो धारणा राख्नेछन् ।

इन्नोभेसन र टेक्नोलोजिकल उद्यमशिलताको अवस्था कस्तो रहन्छ भन्ने विषयमा केन्द्रित भएर कन्क्लेभको आयोजना गरेको आयोजकको भनाई छ । कार्यक्रम प्रेसिडेन्सियल विजनेश स्कुलको प्राङ्गनमा आयोजना हुँदैछ । २ दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा विभिन्न ५ विषयमा सेसनहरु सञ्चालन हुनेछन् । पहिलो सेसनमा इमर्जिङ टेक्नोलोजी इन आइटी इन्डष्ट्री, दोस्रोमा इन्नोभेसन एण्ड टेक्नोलोजीकल आन्ट्रप्रेनरसीप हुने भनिएको छ ।

त्यस्तै, तेस्रो र चौथो सेसनमा कनेक्टिङ ट्यालेन्टन्टस् विथ ग्लोबल अपर्चुनिटी र आइटी ग्रोथ इन नेपाल नेक्स्ट टेन इयर्स विषय सञ्चालन हुनेछन् । कार्यक्रमलाई विभिन्न अनलाइन र सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ ।

अन्र्तराष्ट्रिय स्तरमा रहेका केही विज्ञहरुले भने भर्चुअल माध्यमबाट प्यानल डिस्कसरनमा सहभागी हुने बताइएको छ । कार्यक्रममा सहभागिता जनाउन अनलाइन मार्फत नाम दर्ता गर्न सकिनेछ । सुचना प्रविधि क्षेत्रका सरोकारवाला, आइटीमा करियर बनाउन चाहाने विद्यार्थीहरुको लागि यो कार्यक्रम महत्वपुर्ण हुने विजनेश स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए ।



प्रतिक्रिया दिनुहोस्