Logo

कोरोनाबाट आज ६ जनाको मृत्यु



काठमाडौं, २२ पुस । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८९९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ४ सय ९ थपिएका छन् । आज ४ हजार ९५ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६३ हजार १ सय ९३ संक्रमित भएपनि २ लाख ५६ हजार १ सय ६१ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ५ हजार १ सय ३३ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ६४ हजार १ सय ६० जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३४२ सय  रहेको छ ।



प्रतिक्रिया दिनुहोस्