Logo

पकिस्तानमा भत्काइएको हिन्दू मन्दिरलाई पुनः निर्माण गर्न सर्वोच्चको आदेश



एजेन्सी, २२ पुस । पाकिस्तानका सर्वोच्च अदालतले मुस्लिम समूदायद्वारा पछिल्लो साता भत्काइएको हिन्दू मन्दिरलाई पुनः निर्माण गर्न आदेश जारी गरेको छ । मंगलबार पाकिस्तानको राजधानीमा रहेका सर्वोच्च अदालतका प्रधानन्यायधिश गुलजार अहमदको इजलासले श्री परम्हंश जी महाराजको हिन्दू मन्दिरलाई पुनः निर्माण गर्न आदेश दिएका हुन् ।

प्रधानन्यायाधीशले उक्त घटनालाई घटाउने स्थानीय नेतालाई कारवाही गर्ने समेत आदेश दिएका हुन् । ३० डिसेम्बरमा कराक जिल्ला स्थीत रहेको हिन्दू मन्दिर भत्काउन हजारौको संख्यामा मुस्लिम जमात ओर्लिएको थियो । ओर्लिएको जमातले मन्दिरलाई भत्काएको र पछि आगो लगाएको भिडियोको आधारमा अदालत मन्दिरलाई पुनः निर्माण गर्न आदेश जारी गरेको हो ।

मन्दिर सन् १९२० मा बनाइएको थियो । र, केही विवादका कारण मन्दिर बन्द अवस्थामा रहेको थियो । सो मन्दिर अदालतको आदेशानुसार सन् २०१५ मा खुल्ला गरिएको थियो । पाकिस्तानमा ३५ लाख हिन्दू समूदायका वासीहरु बसोवास गर्ने गर्छन् । समुदायलाई लिए विवाद सिर्जना गर्ने प्रति पाकिस्तान सरकार शख्त रहेको जनाइएको छ । कुनै पनि पवित्र स्थलको उति नै महत्व रहेको कारण सो मन्दिरलाई पुनः निर्माण गर्न आदेश जारी गरिएको छ । उक्त विषयमा सर्वोच्चले अगामी सुनवाई जनवरी १९ मा गर्ने छ । मन्दिरलाई प्रान्तको कोषबाट पुनः निर्माण गरिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot