Logo

२०२१ मा चीनको आर्थिक वृद्धिदर ७.९ प्रतिशतले हुने प्रक्षेपण



एजेन्सी, २२ पुस । कोरोना महामारीमा थलिएको विश्व अर्थव्यवस्था २०२१ मा ४ प्रतिशतले वृद्वी हुने विश्व बैंकको प्रक्षेपण छ । चीनको मात्र ७.९ प्रतिशतले बृद्वी हुने विश्व बैँकले आँकलन गरेको छ ।

विश्व बैँकले मङ्गलबार यस विषयको जानकारी दिएको हो । अर्थ व्यवस्थाको वृद्वी कोरोना भ्याक्सिनले निर्धारण गर्ने जनाइएको छ । तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम गर्न भ्याक्सिनमा ढिलाई भए विश्वको अर्थ व्यवस्था यस वर्ष १.६ प्रतिशतमा अड्किने देखिएको विश्व बैँकले जनाएको छ । तर, विश्वमा छिटो भन्दो छिटो भ्याक्सिन उपलब्ध भए यसले विश्वको अर्थलाई ५ प्रतिशत सम्म वृद्वी गर्नेे जनाइएको छ ।

चीनले कोरोना रोकथाममा चालेको कदम र उसले गरेको नियन्त्रणका कारण सम्पूर्ण क्षेत्र पुनः चलायमान भएसंगै चीनले उत्पादन गरेको कोरोना विरुद्वको भ्याक्सिनले उसको अर्थव्यवस्थालाई बृद्वी गर्ने जनाइएको छ । गत वर्ष चीनको अर्थ २.९ प्रतिशत रहेको थियो भने यस वर्ष चीनले आफ्नो अर्थलाई ५ प्रतिशतले बृद्वी गर्दै ७.९ प्रतिशत कायम गर्न सक्ने विश्व बैँकले जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot