काठमाडौँ, २३ पुस। साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार १३.०७ अंक बढेर २१७८.५७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.७० अंक बढेर २१८१.२७ विन्दुमा उक्लिएको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.१६ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा २८ कम्पनीको ३० लाख ५८ हजार ७२५ रुपैयाँ बराबरको ५ हजार २४५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ।-मेरोलगानी/File Photo