Logo

नेपाल विद्यार्थी संघ त्रिचन्द्रले बुझायो ज्ञापन पत्र



काठमाडौं, २३ पुस । विद्यार्थीलाई परिचयपत्रबाट पाइने छुटको वैधानिकता सुनिश्चित गर्न र उचित नियमन गर्न नेपाल विद्यार्थी संघ त्रिचन्द्रले महानगरीय ट्राफिक महाशाखामा ज्ञापन पत्र बुझाएको छ ।

ने.वि.संघका नेता विवेक बानियाँको नेतृत्वमा गएको टोलीले उक्त मागसहितका ज्ञापन पत्र ट्राफिक महाशाखाका एस पी श्याम चन्द्र अधिकारीलाई बुझाएका हुन् । अधिकारीले ज्ञापन पत्र बुझ्दै लकडाउन भए पनि बसहरुले विद्यार्र्थी, अपांग, बृद्ध बृद्धाको हकमा कार्ड छुट हुनुपर्ने बताए । उनले भने, ‘ कुनै बसले छुट नदिएमा तुरुन्त १०३ मा फोन गर्नुहोस् तुरुन्त कारवाही गर्नेछौ ।’

कोरोनाको बहाननमा सवारी–साधनमा छुुट दिइएको छैन् । जसको कारण स्कुल, कलेज आउने जाने विद्यार्थीहरु निकै मर्कामा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्