काठमाडौं, २३ पुस । प्रभु लाइफ इन्स्योरेन्सले सक्कल शेयर प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउन सस्थापक शेयरधनीहरुलाई अनुरोध गरेको छ । कम्पनीले शेयरधनीहरुलाई शेयर अभौतिकीकरण जतिसक्दो चाँडो गराउन आग्रह गरेको हो ।
सुचीकृत भएका धितोपत्रहरु भौतिक प्रमाणपत्ररहित गरी विद्युतिय रुपमा मात्र निष्काशन गर्नुपर्ने भएकोले अभौतिकीकरण गराउन कम्पनीले अनुरोध गरेको हो ।