Logo

आकाश क्यापिटलको पुस २९ गते दोस्रो साधारणसभा हुने



काठमाडौं, २३ पुस । आकाश क्यापिटल लिमिटेडले पुस २९ गते दिउँसो २ बजे दोस्रो साधारण सभा बोलाएको छ । ट्रेड टावर थापाथलीमा हुने सभा बस्ने  पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको थियो ।

२९ गते बस्ने सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने, कम्पनीको नियमावलीमा संशोधन, लेखा परिक्षक नियुक्ति र निजको पारिश्रामिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot