Logo

गणपति लघुवित्तले गर्यो लाभांश घोषणा



काठमाडौं, २३ पुस । गणपति लघुवित्त वित्तीय सस्थाले ८ लाख ४३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । लघुवित्त संचालक समितिको पुस २२ गते बसेको बैठकले गत वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ ।

लघुवित्तले २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ११ करोड ७ लाख रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने १ करोड ६६ लाख रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.७९ प्रतिशत वितरण गर्ने भएको हो ।

लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि चौथो साधारण सभाबाट पारित गरेपछि मात्र शेयरधनीहरुले पाउने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot