Logo

नेपाल राष्ट्र बैंकले २९ करोड मुद्दती निक्षेपमा राख्ने, पुस २४ गतेसम्म बोलकबोल पेश गर्न सकिने



काठमाडौं, २३ पुस । विभिन्न कोषमा रहेको २९ करोड ७८ रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्सहरुको मुद्दती निक्षेपमा १ वर्ष अवधिको लागि नेपाल राष्ट्र बैंकले लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गको वाणिज्य बैकहरुमा २३ करोड ३ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ४ करोड ४६ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ४९ लाख रुपैयाँ गरी कुल २९ करोड ७८ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ ।

उक्त रकम २०७७ माघ १ गतेबाट ०७८ पुस ३० गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको बैंकले जनाएको छ । पुस २४ गतेसम्ममा आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरेर निक्षेप लिन चाहाने बैंक तथा वित्तीय सस्थाहरुले बोलकबोल पेश गर्न सक्नेछन् ।

मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय सस्थाहरुले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिनको लागि बैंक तथा वित्तीय सस्थाहरु संचालन भएको कम्तीमा २ वर्ष हुनुपर्छ र राष्ट्र बैंकले तोकेको न्युनतम पुँजीकोष पनि हुनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot