Logo

लकडाउन यता मोबाइल बैंकिङ प्रयोगकर्ता ह्वात्तै बढे



काठमाडौं, २३ पुस । लकडाउनपछि मोबाइल बैकिङ कारोबार ह्वात्तै बढेको छ । गत मंसिरदेखि हालसम्म २८ लाख १३ हजार मोबाइल बैकिङ प्रयोगकर्ता थपिएका राष्ट्र बैंकले जनाएको छ ।

कोरोना भाइरसको कारण भएको लकडाउन, बैंकहरुले विद्युतीय बैकिङ कारोबार निशुल्क गरेसँगै मोबाइल बैकिङ प्रयोगकर्ता धेरै बढेको छन् । हाल १ करोड १९ लाख १२ हजार ८१३ मोबाइल प्रयोगकर्ता पुगेको राष्ट्र बैंकको तथ्यांक छ । गत वर्षसम्म ९० लाख ९९ हजार ७२३ प्रयोगकर्ता थिए । लकडाउन अवधिमा नै कारोबार गर्नेको सख्या ह्वात्तै बढेको हो । गत कात्तिकसम्म ७६ लाख ४३ हजार २९६ पटक मोबाइल बैकिङ कारोबार भएर २ अर्ब ५६ करोड ५४ लाख रुपैयाँ कारोबार भएको तथ्यांक छ । कोभिड १९ को समयमा एटिएम, कनेक्ट आईपिएस, आरटीजीएस, ईसीसी, इ–कर्मर्स, पीओएस, वालेट र क्युआर कोडमार्फत कारोबार बढेको राष्ट्र बैंकले जनाएको छ ।

यो समयमा मोबाइल प्रयोगकर्ता मात्र नभएर इन्टरनेट प्रयोगकर्ता पनि बढेका हुन् । एक वर्षभित्र इन्टरनेट बैकिङ प्रयोगकर्ता १ लाख ३२ हजार ६ सय बढेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot