Logo

आज थप ४ संक्रमितको मृत्यु



काठमाडौं, २३ पुस । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९०३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ४ सय १२ थपिएका छन् । आज ४ हजार ८३ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६३ हजार ६ सय ५ संक्रमित भएपनि २ लाख ५६ हजार ६ सय ४४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ५ हजार ५८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ६९ हजार २ सय ९२ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३ सय ४२  रहेको छ ।



प्रतिक्रिया दिनुहोस्