Logo

१७ वर्षीया किशोरीलाई बलात्कार गर्ने १९ वर्षका युवक पक्राउ



स्याङ्जा, २३ पुस । जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भिरकोट घर भई सोही नगरपालिका–६ एक्वार बस्ने १९ वर्षीय आशिष थापा बुधबार बिहान पक्राउ परेका हुन् ।

ती किशोरीलाई बिवाह गर्छु भनि ललाई फकाई विभिन्न प्रलोभनमा पारी शनिबार राति जबरजस्ती करणी भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
घटनाको सम्बन्धमा जिल्ला अदालत स्याङ्जाबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्