Logo

१०७ किलो चरेशसहित पक्राउ



काठमाडौं, २३ पुस । अवैध लागुऔषध चरेशसहित एक व्यक्ति पक्राउ परेका छन् । वीरगंज परवानीपुरस्थित सडकबाट मकवानपुर थाहा नगरपालिका–११ पालुङका रबिन तामाङलाई करीब १ सय ७ केजी चरेश सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र विपद् व्यवस्थापन गुल्म पर्साबाट खटिएको प्रहरीले ना.६ ख ५६४३ नम्बरको कन्टेनर जाँच गर्ने क्रममा लुकाई ल्याएको अवस्थामा उक्त चरेश फेला पारी ट्रक चालक तामाङलाई सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्