Logo

प्रचण्डलाई ‘पुष्पकाल’ भन्दै गोकुल बाँस्कोटाले दिए यस्तो चेतावनी



काठमाडौं, २३ पौष । पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘पुष्पकाल’ भन्दै चेतावनी दिएका छन् । उनले प्रचण्डमाथि देशविरुद्ध तानाबाना बुन्न भारत पुगेको आरोप समेत लगाएका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले देशविरुद्ध तानाबाना बुन्ने काम गरेर फर्किएमा राजनीतिक शक्तिसंघर्षले कष्टकर बाटो समाउने चेतावनी समेत दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र बाँस्कोटाले पटक पटक चेतावनीको शैलीमा प्रचण्ड र माधव नेपालविरुद्ध बोल्दै र लेख्दै आएका छन् ।

यतिबेला प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारत भ्रमणमा छन् । तर, प्रचण्डले भारतमा त्यहाँका अधिकारीहरुसँग भेटेको हुनसक्ने विषय आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्