Logo

उपत्यकामा आज २५१ संक्रमित थपिए



काठमाडौं, २३ पुस। काठमाडौं उपत्यकामा आज २५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ४ सय १२ जना थपिएकोमा काठमाडौंमा मात्र २५१ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा थपिएका संक्रमित मध्ये १११ महिला र १४० पुरुष रहेका छन् । आज ४ सय ८३ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६३ हजार ६ सय ५ संक्रमित भएपनि २ लाख ५६ हजार ६ सय ४४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ५ हजार ५८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ६९ हजार २ सय ९२ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३४२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot