Logo

मुटुको गतिले मानिसमा कोरोना छ वा छैन् पत्ता लाग्ने



एजेन्सी, २३ पुस । कोरानो भाइरसको लक्षण बाहेकपनि नयाँ अनुसन्धान अनुसार मानिसको हृदयको गतीको आधारमा पनि मानिसमा संक्रमण छ वा छैन् भन्ने पत्ता लागेको जनाइएको छ । बेलायतले कोरोना विरुद्वको भ्याक्सिनलाई प्रयोगमा ल्याएपनि त्यहाँ देखिएको नयाँ कोरोना भाइरसले मानिसलाई अझ सजक र सचेत हुनु पर्ने बेलायत सरकारले निर्देशन दिएको छ ।

करिब ४० लाख संक्रमितकोे लक्षणलाई अध्ययन गर्ने क्रममा मानिसको हृदयको गतिले समेत मानिसमा कोरोना छ वा छैन भन्न तुल्याएको जनाइएको छ । स्वस्थ्य मानिसको हृदय एक मिनेटमा करिब ७२ पटक धड्किने गर्दछ भने संक्रमति व्यक्तिको मुटु एक मिनेटमा १०० भन्दा बढी पटक धड्किएको अध्ययनले देखाएको छ । साथै मुटु अनियन्त्रीत तरिकासमेत धड्किए कोरोनाको लक्षण हुन सक्ने जनाइएको छ । अमेरिकी चिकित्सक लुसा फोसिनीले भनिन्,‘ सामान्य तरिकाले धड्किरहेको ह्दय अचानक फरक तरिकाले वा तीव्र गतीमा धड्केमा यो कोरोनाको भएको संकेत गर्दछ ।’

हृदयको गतिलाई कसरी मापन गर्ने

कोभिड लक्षण पत्ता लगाउने एपको मार्फत हृदयको मापन समेत गर्न सकिने जनाइएको छ । त्यसको आधारमा मानिसमा कोरोना छ वा छैन भन्ने सजिलै पत्ता लाग्न सक्नेछ ।

मापन गर्ने तरिका : पाँच मिनेट सम्म आफुलाई सहज बनाएर मात्र हृदयको मापन गर्दा उक्त एपले संक्रमण छ वा छैन् भन्ने विषय पत्ता लाग्ने छ । आफ्नो नाडीलाई चोर औला वा माझी औलाले जाँच ६० सेकेण्ड सम्म गर्दा यसले रक्तको सञ्चार सामान्य गतीमा छ वा छैन् भन्ने विषयलाई पत्ता लगाउँछ । हृदयको गती एक मिनेटमा ६० देखि १००को बीचमा छ भने मानिस संक्रमण मुक्त रहेको बुझ्न सकिन्छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्