काठमाडौं, २३ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गराएपछि विभिन्न राजनीतिक दल र समूह आन्दोलनमा छन् । विशेषगरी ती दल र समूह निकट युवाविद्यार्थी सडक आन्दोलनमा सक्रिय भइरहेका छन् ।
आज युवाविद्यार्थीले राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल