Logo

संसदमा बिधम्स मच्चाएपछि अन्ततः सत्ताबाट विदा हुन ट्रम्प तयार



काठमाडौं, २४ पुस ।अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसलाई औपचारिक रुपमा क्रमशः राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित गरेको छ । गत वर्ष नोभेम्बरमा भएको जितलाई संसदले प्रमाणित गरेको छ। संसदमा भएको हिंसात्मक घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्ता छाड्न तयार भएका छन् ।

संसद्ले प्रमाणित गरेपछि अब बाइडनलाई जनअरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ।संसद्मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकनले चुनौती दिएको भए पनि ती दुईतिहाइले पारित भएनन्।

संसद्को संयुक्त बैठक राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेका कारण केही बेर अवरुद्ध भएको थियो।

इलेक्टोरल मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरेको घोषणा गरेका थिए। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत आवश्यक हुन्छ।

इलेक्टोरल मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जोर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा तुहिएको थियो।

संसद्को बैठकपछि डोनल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै जनअरी २० मा शान्तिपूर्ण हस्तान्तरण’ हुने बताए पनि निर्वाचनमा धाँधली भएको प्रमाणविनाको दाबी छोडेका छैनन्।

“म यो निर्वाचनको नतिजाप्रति पूर्णरूपमा असहमत भए पनि ज्यानअरी २० मा शान्तिपूर्ण हस्तान्तरण हुनेछ,“ उनले आफ्नो प्रवक्ताको ट्विटरमा प्रकाशित ट्वीटमा भनेका छन्।ट्विटरले ट्रम्पको खाता केही समयको लागि बन्द गरेको थियो ।

“मैले सधैँ भनेको छु कि हामी कानुनी मत मात्रै गणना गराउने कानुनी सङ्घर्ष जारी राख्नेछौँ। यो राष्ट्रपतीय इतिहासमा सबैभन्दा महान कार्यकालको अन्त्य भए पनि अमेरिकालाई फेरि महान बनाउने सङ्घर्षको सुरुवात मात्रै हो,“ ट्रम्पले लेखेका छन्।दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्