Logo

प्रदेश विकास परिषद्को बैठक चैतमा



सुर्खेत, २४ पुस: कर्णाली प्रदेश विकास परिषद्को बैठक आगामी चैतमा आयोजना गरिने भएको छ । विसं २०७७ चैतमा आयोजना गरिने कर्णाली प्रदेश विकास परिषद् बैठकमा एकरुपता लिनका लागि पञ्चवर्षीय योजनाको जानकारी गराइने प्रदेश योजना आयोगका सदस्य डा रोकायाले जानकारी दिए ।

उनका अनुसार विकास परिषद् बैठकमा स्थानीय तहको आवाधिक योजना निमार्णको लागि सहजीकरण, प्रदेश महत्वको आयोजनाको अध्यावधि गर्न छलफल गरिने छ । त्यस्तै बैठकमा प्रदेश समसामयिक विकाससम्बन्धी समस्याको समाधानका लागि छलफल गर्ने, प्रदेश र स्थानीय तहबीच साझेदारी गर्ने लगायतका विषयमा छलफल हुने रोकायाले जानकारी दिए । रासस/File Photo



प्रतिक्रिया दिनुहोस्