Logo

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढीमा



काठमाडौँ २४ पुस। नेकपा ओली समुहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

संसद विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक कार्यक्रममा सहभागी काठमाडौँबाट बाहिर गएका हुन् ।



प्रतिक्रिया दिनुहोस्