एजेन्सी २४ पुस। पछिल्लो ३ वर्षदेखि निरन्तर संसारकै सर्वाधिक धनी व्यक्तिको ताज जेफ बेजोसबाट खोसिएको छ। सन् २०१७ देखि संसारकै सर्वाधिक धनी व्यक्तिको उपाधि पाइरहेका एमेजनका संस्थापक बेजोस अब दोस्रो स्थानमा झरेका छन्।
उनलाई उछिन्दै टेस्ला इन्कका इलाेन मस्क विश्वकै सर्वाधिक धनी व्यक्ति भएको ब्लुमबर्गले लेखेको छ।
बिहीबार कम्पनीको शेयरमूल्य ७.९ प्रतिशत बढेसँगै मस्कले बेजोसलाई पछि पर्दै नयाँ सर्वाधिक धनी व्यक्ति बनेका हुन्। ब्लुम्बर्गको अरबपतिहरुको सूचक अनुसार मस्कको सम्पत्ती १९४.८ विलियन डलर रहेको छ। जुन बेजोसको भन्दा ९.५ विलियन डलर बढी हो।
दक्षिण अफ्रिकामा जन्मिएका इन्जिनियर मस्कले गत वर्षमात्रै आफ्नो सम्पत्तीमा १६५ विलियन डलर थप्न सफल भए। उनको कम्पनी टेस्लाको शेयरमूल्य गत वर्ष मात्रै ७४३ प्रतिशत बढेको छ। सन् २०१० मा आइपीओ निष्काशन पश्चात गत वर्षको ५ बराबर १ को स्टक स्प्लीट सहित कम्पनीको शेयरमूल्य २३ हजार ९०० प्रतिशत बढेको ब्लुमबर्गले बताएको छ।मेरोलगानी/Photo: Agency