Logo

कोरोनाबाट आज थप ६ जनाको मृत्यु



काठमाडौं, २४ पुस । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ५ सय ५४ थपिएका छन् । आज ५ हजार ८५ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६४ हजार १ सय ५९ संक्रमित भएपनि २ लाख ५७ हजार २ सय २९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ५ हजार २१ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ७४ हजार ५ सय ६१ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३ सय ३८  रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot