Logo

पिपुल्स पावरको वार्षिक साधारणसभा माघ १८ गते



काठमाडौं, २४ पुस । पिपुल्स पावर लिमिटेडले माघ १८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा आफ्नै कार्यालयमा बिहान ११ बजेका लागि सभा बोलाएको हो ।

संचालक समितिको पुस २० बसेको बैठकले सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने निर्णय गरेको हो । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीको संशोधन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने तथा आईपीओ निष्काशन गर्ने तथा निष्काशन प्राप्त हुने रकम प्रस्ताव पारित गर्ने भएको छ ।

सभाको लागि माघ ३ गतेबाट १८ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा माघ २ गतेसम्म कायम भएका शेयरधनीहरु मात्र सभामा उपस्थित हुन पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्