Logo

अब अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने



काठमाडौं, २४ पुस । माघ १ गतेदेखि एक बैंकको एटिएम अर्को बैंकको एटिएम बुथबाट प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । राष्ट्र बैंकले फरक बैंक एटिएम प्रयोग गर्दा एक महिनामा दुई पटकसम्म निःशुल्क र दुईपटक भन्दा धेरै पटक रकम निकाल्दा २० रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।

हालसम्म जुनसुकै बैंकको एटिएमको प्रयोग गर्दा पैसा नलाग्ने नियम बनाएको थियो तर अब भने राष्ट्र बैंकले पैसा लाग्ने नियम बनाएको हो । बैंकले कोरोना महामारीको समयमा छुट दिएपनि हाल भने ग्राहकहरुलाई पुर्व सुचना दिएर रकम लिन लागेको हो ।

ग्राहकहरुलाई पुर्व सुचना दिएर बैंक तथा बित्तीय सस्थाले मोबाइल बैंकिङ, इन्टरनेट बैकिङ र एसएमएस जस्ता विद्युतिय कारोबारको शुल्क लिन पाउने राष्ट्र बैंकले जनाएको छ । हालसम्म यस्तो व्यवस्था नभएपनि अब भने अनुमति लिएर ग्राहकलाई जानकारी गराएर शुल्क लिन पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्