Logo

आजबाट कालिमाटी तरकारी बजारमा क्यू आर कोड सेवा सञ्चालन सुरु



काठमाडौं, २४ पुस । कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रभु बैंकले फोन पेसँगको सहकार्यमा क्यू आर कोड सेवा सञ्चालन ल्याएको छ ।

प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले क्यू आर कोड मार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको हो ।

कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा आयोजित एक समारोहमा आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्