Logo

सनराइज बैंकको साधारण सभा सम्पन्न



काठमाडौं, २४ पुस । सनराइज बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनराइज बैंक लिमिटेडको साधारण सभा आज बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले बैंकको चुक्ता पूँजीको ५.८० प्रतिशतका दरले हुने ५२ करोड एक लाख ३३ हजार ६३ रुपैयाँ २९ पैसा बराबरको बोनस शेयर तथा चुक्ता पूँजीको २.४८ प्रतिशतका दरले हुने नगद लाभांश २२ करोड २४ लाख एक हजार ७ सय २३ रुपैयाँ र ६२ पैसा वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको गरेको थियो ।

बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ९६ करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पुँजीमा बृद्धि भई ९,४८,७९,४४,४९९ रुपैयाँ ३९ पैसा चुक्तापुँजी पुग्ने बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्