Logo

आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा मनिषा कोइराला नियुक्त



काठमाडौं, २४ पुस । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ब्रान्ड अम्बासडरमा चर्चित अभिनेत्री मनिषा कोइरालालाई नियुक्त गरेको छ । अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त नेपाली नायिका कोइराला तीन वर्षको लागि नियुक्त भएकी हुन् ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड नेपालको निर्जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट कम्पनीको रुपमा स्थापित बीमा कम्पनी हो ।

नेपाली बीमा बजारमा उत्कृष्ट सेवा प्रदान गर्दै निरन्तर अगाडि बढिरहेको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवामा परिस्कृत गर्दै जाने कम्पनीले जनाएको छ ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडर भएर काम गर्न पाउँदा आफूलाई खुशी लागेको र कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका निर्वाह गर्ने कोइरालाले प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्