Logo

प्रचण्ड र माधव नेपाललाई गण्डकी प्रदशेका मुख्यमन्त्री गुरुङ्गले ‘भारतीय दलाल’ भने



काठमाडौं, २४ पौष । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले नेपाल कम्युनिस्ट पार्टीको एउटा समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भारतको इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चलखेल गरेको आरोप लगाएका छन् । उनले ओेली राष्ट्रवादी नेता भएकाले भारतको इशारामा पछार्न खोजेको आरोप लगाएका हुन् ।

बाग्लुङमा आयोजित ओली समूहको कार्यकर्ता भेलामा गुरुङ्गले प्रचण्ड र नेपालतर्फ इंकित गर्दै भने,’भारतले दिएको भाग खाएर उनीहरु (प्रचण्ड र माधव नेपाल) ले राष्ट्रवादी नेतालाई पछार्न खोजेका छन्, उनीहरु भारतीय दलाल हुन् ।’ उनले प्रचण्ड र नेपाललाई राष्ट्रघातीको आरोप लगाए ।

ओली समूहको भेलामा कार्यकर्ताहरुमाझ निकै आक्रामक रुपमा प्रस्तुत भएका मुख्यमन्त्री गुरुङ्गले भने, ‘अब सबै मिलेर उनीहरुलाई नाङ्गेझार पार्नुपर्छ ।’ गुरुङ्गले प्रचण्ड र माधव नेपालविरुद्ध कार्यक्रममै नारावाजी समेत गर्न लगाएका थिए ।

देशको नयाँ नक्शा जारी गरेपछि ओलीविरुद्ध आक्रमण भएको गुरुङ्गको भनाई थियो । ओली राष्ट्रवादी नेता भएको र राष्ट्रिय हितका लागि चुच्चे नक्शा जारी गर्दा प्रचण्ड र नेपालले घेराबन्दी गरेको आरोप लगाए । दुवै नेताले भारतीय नेतासँग मिलेर योजनावद्ध तरिकाले ओलीलाई पछार्न खोजेको टिप्पणी गरे । गुरुङ्गले प्रचण्ड र माधव नेपालको योजना कदापि सफल नहुने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot