Logo

विश्वको दश खराब पासपोर्टमा नेपालको पनि



काठमाडौं, २४ पौष । विश्वको दश खराब पासपोर्टमा नेपालको पनि परेको छ । नेपाल विश्वको उत्कृष्ट पासपोर्टहरुको सूचीमा पुछारबाट नवौं स्थानमा परेको छ ।

पासपोर्टहरुको शक्तिको मापन गर्ने हेनले पासपोर्ट इन्डेक्सले जारी गरेको रिपोर्टमा नेपाल नवौं स्थानमा परेको हो । नेपाली पासपोर्टबाट भीसा फ्री र एराइभल भीसा पाउन सकिने ३८ देशहरु मात्र गन्तव्यमा परेका छन् । नेपालसँगै लिबिया पनि नवौं स्थानमा छ ।

विश्वको सबैभन्दा खराब पासपोर्ट अफगानिस्तानको रहेको छ । त्यसपछि इराक, सिरिया, पाकिस्तान, सोमालिया, यमन, पेलिस्टाइन रहेका छन् । नेपालभन्दा उत्तर कोरियाको पासपोर्ट एक अंकले माथि छ ।

विश्वको सबैभन्दा कमजोर पासपोर्टमा एशियाकै देशको संख्या बढी रहेको छ । तर, रोचक पक्ष यो छ कि शक्तिशाली पासपोर्ट पनि एशियाली देशकै छ । जापान विश्वकै शक्तिशाली पासपोर्ट भएको देश बनेको छ । जापानको पासपोर्टबाट फ्रि भीसा र भीसा अन एराइभलमा १९१ गन्तव्य छन् । त्यसपछि सिंगापुर, दक्षिण कारिया र जर्मनी छन् । युरोपका देशहरुको पासपोर्ट बढी शक्तिशाली देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्