Logo

भेलामा सहभागी नहुँदा सस्कांर हिन हुँदैन: शिव ओली



काठमाडौँ २५ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीको समुहले धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा वन तथा वातावरण मन्त्री प्रेम आलेले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टप्रति निकै आक्रोशित भएर गरेका टिप्पणी प्रती नेकपा प्रदेश कमीटि सदस्य शिव ओलीले दुःख व्यक्त गरेका छन् ।

मन्त्री आलेले धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओली धनगढी आउँदा स्वागत गर्न नआएको भन्दै मुख्यमन्त्री भट्टप्रति आक्रोशित भएका थिए ।

मुख्यमन्त्री भट्टका पक्षमा बोल्दै प्रदेश कमीटी सदस्य तथा मुख्यमन्त्रीका प्रमुख सल्लहाकार समेत रहेका शिव ओलीले फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री व्यक्ति होइन,प्रदेशको सम्मानित संस्थाको साथै आस्थाको धरोहर पनि हो,त्यसैले मुख्यमन्त्रीले समग्र प्रदेश बासीको भावनाको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ ।

संघियता कसैको उपहार बाट प्राप्त बस्तु होईन अपितु यो हजारौ सहिदको बलिदानीबाट प्राप्त उपलब्धि हो , पहिले,राजाको सवारी हुदाको अन्चलाधीसले गर्ने नमन अहिलेको गणतान्त्रीक ब्यबस्थामा कल्पना समेत गरिदैन किनकि यहाँ अहिले सामन्तवाद छैन । ८ /८ महिना सम्म मुख्यमन्त्रीलाई सुदुरपश्चिम प्रदेशको महत्त्वपूर्ण कामकालागि समय समेत नदिने अनि प्रदेशमा पार्टीको भेलामा आउदा समन्वय र औपचारिक खबर पनि गर्नु नपर्ने तर सिष्टाचार भेट गर्नु पर्ने, नगरे संस्कार हिन हुनुपर्ने , त्यसो नगर्दा प्रदेश सभा र सरकार विघटन गर्नु पर्ने कस्तो तर्क? अनि कस्तो सनक उनले प्रति प्रश्न गर्दै कडा आपत्ती जनाएका छन्।



प्रतिक्रिया दिनुहोस्