Logo

टोखामा पतिको हत्या गरी पत्नीद्वारा आत्महत्या



काठमाडौं, २५ पौष । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा इञ्जिनियर दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । सुर्खेत घर भई ग्रिन भिल्लामा बस्दै आएका उमेश केसी र उनकी पत्नी सुदिक्षा गिरी मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीका अनुसार घटना शुक्रबार साँँझ भएको हो । घटनास्थलमा पति रगतले लत्पित्तिएको अवस्थामा बेडरुममा मृत भेटिएका छन् भने पत्नी झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानबाट पतिको हत्यापछि पत्नीले आत्महत्या गरेको हुनसक्ने देखिएको छ । घटनास्थलमा सिलौटामा रगत भेटिएको छ । पत्नीले पतिलाई सिलौटाले हान्दा मृत्यु भएको हुनसक्ने प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले पोस्टमार्टमपछि मात्र वृस्तृत जानकारी दिन सकिने जनाएको छ । प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको छ । अहिलेसम्म प्रारम्भिक अनुसन्धानबाट प्रहरीले दम्पत्तिबीच केही समययता विवाद रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot