Logo

लेबनानमा कोभिडको सङ्क्रमण झन् बढ्दै



२५ पुस: लेबनानमा कोभिडका सङ्क्रमितहरुको संख्या झन् बढ्दै गएको छ । पहिलेको तुलनामा त्यहाँ कोभिड सङ्क्रमितहरु झन् ठूलो संख्यामा देखिइरहेका त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

राजधानी बेरुतबाट प्राप्त समाचारअनुसार त्यहाँ शुक्रबार मात्र ५ हजार ४४० जना नयाँ संक्रमित भेटिएका छन् । यहाँ एकै दिन यति धेरै संख्यामा संक्रमित देखिएको यो पहिलो पटक हो ।

बिहीबार मात्र पनि त्यहाँ ५ हजार जना भन्दा बढी व्यक्तिमा कोभिडको सङ्क्रमण देखिएको थियो । त्यसपछि बिहीबारदेखि नै त्यहाँको सरकारले देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो ।

लेबनानमा पछिल्लो समयमा कोभिडका संक्रमितहरुको संख्या पहिलेको तुलनामा निकै बढ्दै गएको पाइएको छ । जसका कारण त्यहाँको सरकारले कडा खालको लकडाउन गरिरहेको छ । तर पनि सङ्क्रमितहरुको संख्यामा भने कमी आएको छैन ।सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्