Logo

उपत्यकामा आज १९४ संक्रमित थपिए



काठमाडौं, २५ पुस। काठमाडौं उपत्यकामा आज १९४जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ३ सय ६२ जना थपिएकोमा काठमाडौंमा मात्र १९४ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा थपिएका संक्रमित मध्ये ९१ महिला र १०३ पुरुष रहेका छन् । आज ६ सय ९९ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६४ हजार ५ सय २१ संक्रमित भएपनि २ लाख ५७ हजार ९ सय २८ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ४ हजार ६ सय ८१ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।-File Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्