काठमाडौं, २६ पौष । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारका एक मन्त्रीले राष्ट्रिय सभाको अधिवेशन अन्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश भएको जानकारी दिए । सिफारिशका आधारमा राष्ट्रपतिले पत्र पठाएर अधिवेशन अन्तको घोषणा गर्ने बुझिएको छ । केही दिनअघि शुरु भएको अधिवेशन यसपटक छिट्टै अन्त गरिन लागिएको हो ।
सरकारले अध्यादेशहरुलाई प्रभावकारी बनाउन खोजिरहँदा अधिवेशन अन्तको घोषणा हुन लागेको हो ।