Logo

नेरुडे लघुवित्तको लाभांश घोषणा



काठमाडौं, २६ पुस । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव संचालक समितिको बैठकले गरेको हो ।

प्रस्तावित लाभांश लघुवित्तको साधारण सभाले पारित गरेपछि र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि शेयरधनीहरुलेृ प्राप्त गर्न सक्छन् ।



प्रतिक्रिया दिनुहोस्