काठमाडौं, २६ पुस । स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी डेभलपमेण्ट बैंकबीच आइतबार एक सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र “ख” वर्गको इजाजतपत्र प्राप्त सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड बीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको हो ।
नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यकासाथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समय देखि सर्वसाधारणलाई बैंकिङ्ग सेवा पु¥याउदै आएको मूलुकको बैकिङ्ग क्षेत्रमा सुपरिचित सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिईएको छ ।
धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले प्रदेश १ का विभिन्न ७ जिल्लामा आफ्ना शाखा सञ्जाल मार्फत सर्वसाधारणलाई विविध बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ ।
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसंगको सहकार्यबाट सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । क्ऋत् सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, POS, e-Commerce जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ
।
आइतबार स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको मुख्य कार्यालय, बालुवाटार, काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत श्री दिपेश मास्के र सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नविन सुबेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।